१९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

 चैत ६, २०८१ बुधबार ६:५३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली १९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

अर्को महिना भारतमा आयोजना हुने १९ वर्षमुनिको साफ च्याम्पियनशिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो ।

यसअघि उनले नेपालमा भएको २० वर्षमुनिको साफ च्याम्पियनशिपमा युवा टोली सम्हालेका थिए ।

नेपाल त्यसको फाइनलमा बङ्गलादेशसँग ४–१ ले पराजित भएको थियो । यसपटक च्याम्पियनशिप २०८२ को वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशमा हुनेछ ।

च्याम्पियनशिपको खेल तालिका पनि सार्वजनिक भइसकेको छ । सबै खेल गोल्डेन जुब्ली स्टेडियम युपियामा हुनेछ । 

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया