भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डौ – आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
अरु प्रदेशको पहाडी र हिमाली भागको मौसम आज आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशको मौसम मुख्यतया सफा छ ।
देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव कायमै छ । प्रि–मनसुनको समय भएकाले दिउँसोपछि तराई क्षेत्रका धेरै ठाउँमा हावाहुरी चल्न सक्ने मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि सामान्य हावाहुरीको सम्भावना छ ।
केही दिनयता देशभर गर्मी बढेको छ । तराईका जनकपुर, भैरहवा, विराटनगरलगायतका शहरमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । काठमाण्डौको अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म पुगेको मौसमविद् झाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।