भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयन गर्न मतदान भएको छ ।
स्ववियु केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी तीन सय वटा क्याम्पसमा नेतृत्व छान्न चुनाव भएको हो ।
अधिकांश क्याम्पसमा मतदान सकिएलगत्तै गणना गरिएको छ । नतिजाको पूर्ण सूची सार्वजनिक हुन बाँकी छ ।
त्रिविले आंगिक क्याम्पसको मात्रै सार्वजनिक गर्छ । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी हुनुभएको छ ।
पुल्चोक र थापाथली इन्जिनियरिङमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । केही क्याम्पसमा भने चुनाव रोकिएको छ ।
निर्वाचन समितिले रोकिएका र स्थगित भएका क्याम्पसमा मतदानको लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ ।
ललितपुरको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू भएपछि रोकियो । पाटन संयुक्त क्याम्पस परिसरमा झडप हुँदा केही विद्यार्थीसमेत घाइते भएका छन् ।
काठमाण्डौको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), त्रिचन्द्र र अमृत साइन्स कलेज (अस्कल) मा पनि अन्तिम समयमा मतदान अवरुद्ध बनेको छ ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा आज चुनाव हुँदैछ । त्यस्तै काठमाण्डौको पद्मकन्या क्याम्पसमा भोलि र त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा पर्सि चुनाव गर्ने तयारी छ ।
त्यस्तै शंकरदेव, सरस्वती, पब्लिक युथ, नेपाल ल, विश्वभाषा क्याम्पसमा पनि चुनाव स्थगित भएको छ । काठमाण्डौ उपत्यकाबाहिरका कतिपय क्याम्पसमा पनि हिजो मतदान हुन सकेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।