भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको युक्रेनसँगको युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही शर्तसहित सहमति जनाउनुभएको छ ।
यसअघि साउदी अरेबियामा युक्रेनसँग ट्रम्पको टोलीले राखेको केही महिनाको युद्धविरामको प्रस्तावलाई रुसले विभिन्न शर्त राखेर अस्वीकार गरेको थियो । तर पुटिनले ट्रम्पसँगको टेलिफोन वार्तामा आफ्ना केही शर्त पुरा भएमा युद्धविरामको प्रस्ताव स्वीकार गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
पुटिनले युक्रेनलाई अमेरिकाले गरिरहेको सैन्य सहयोग र गुप्तचर सहकार्य नराकेसम्म युद्धविरामको विषय अघि नबढ्ने बताउनुभएको छ ।
गएको हप्ता अमेरिकी र युक्रेनी अधिकारीबीच भएको भेटमा अमेरिकी प्रतिनिधि मण्डलले युक्रेनलाई राखेको ३० दिने युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरेपछि रुससँग ट्रम्प आफैले वार्ता अघि बढाउनुभएको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुरूमा ऊर्जा केन्द्र र भौतिक संरचनामा युद्धविराम गर्दै थप युद्धविरामको विषयमा अघि बढ्ने कुरामा सकारात्मक हुनुहुन्छ ।
रुसले भने यस विषयमा थुप्रै बुँदामा छलफल आवश्यक रहेको तर मूल विषय युक्रेनलाई गरिएको सहयोगमा रोक लगाउनै पर्ने भएको जनाएको छ ।
रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि तुरुन्तै शान्ति वार्ता गर्नेमा भने सहमति जनाएको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।