गाजामा पूर्ण शक्तिका साथ युद्ध शुरू गरेको इजरायलको प्रतिक्रिया

 चैत ६, २०८१ बुधबार १२:३२:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले गाजा पट्टीमा हमासविरुद्ध पूर्ण शक्तिका साथ युद्ध शुरू गरेको बताउनुभएको छ ।

उहाँले भिडियो सन्देश सार्वजनिक गर्दै यो कदम शुरूवात मात्र भएको भन्दै अझै खराब अवस्था आउनसक्ने चेतावनीसमेत दिनुभएको छ ।

नेतान्याहूले इजरायली बन्धकहरूलाई रिहा गर्न इजरायलले हमाससँग वार्ता गर्ने प्रयास गरेको तर हमासले हरेक पटक प्रस्ताव अस्वीकार गरेको आरोप लगाउनुभएको छ ।

इजरायलले गाजामा ठूलो हवाई आक्रमण गरेको बेला उहाँको यस्तो अभिव्यक्ति आएको बीबीसीले जनाएको छ ।

इजरायलको रक्षा बलले हमासको आतङ्कवादी लुकेका ठाउँहरूलाई आक्रमणको निशाना बनाएको बताएको छ ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या चार सयभन्दा धेरै रहेको र सयौँ घाइते भएका बताएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया