८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ८७ अर्ब रुपैयाँ
चैत ७, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैटौं जीत हासिल गरेको छ ।
रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । गण्डकीले दिएको ९४ रनको लक्ष्य पुलिसले २ सय ४ बलअघि नै ३ विकेट गुमाएर भेटायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाए । गण्डकीका विपिन खत्री र सुवास भण्डारीले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी २३ ओभर २ बलमा ९२ रनमा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ४८ रन बनाए । पुलिसका ललित राजवंशीले ५ र गुल्सन झाले ४ विकेट लिए । पुलिसले ६ खेलमा १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गण्डकी ६ खेलमा २ अङ्कसहित पुछारमा छ ।
यस्तै रुपन्देहीकै एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको छ । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले १ सय १३ बलअघि नै भेटायो । सुदूरपश्चिमका किरण ठगुन्नाले नटआउट ४३ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर १ बलमा १ सय १६ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका कप्तान देव खनालले सबैभन्दा धेरै ४१ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए । प्रतियोगितामा सुदूरपश्चिमको यो ६ खेलमा दोस्रो जीत हो भने लुम्बिनीको ६ खेलमा दोस्रो हार हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।