अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

 चैत ७, २०८१ बिहीबार ६:२१:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उहाँले जेलेन्स्कीसँग फोन वार्ता गर्नुभएको हो । उहाँहरुबीच झण्डै एक घण्टा लामो फोन कुराकानी भएको र कुराकानी सकारात्मक भएको बीबीसीले जनाएको छ ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत युक्रेन र रुससँगको फोन वार्ता उनीहरूको अनुरोध र आवश्यकताको हिसाबले सकेसम्म मिलाउने उद्देश्यले भएको र युद्धविरामको प्रयास सकारात्मक हुनेतर्फ कामहरु अघि बढीरहेको उल्लेख गर्नुभएको छ ।

यसैबीच जेलेन्स्कीले पनि ट्रम्पसँगको कुराकानी सकारात्मक, स्पष्ट र धेरै सार्थक भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले अमेरिकी सहयोगमार्फत यस वर्ष दिगो शान्ति प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

जेलेन्स्कीसँगको कुराकानीमा ट्रम्मले रूसी नियन्त्रणमा रहेको जापोरिजिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वको बारेमा छलफल गर्नुभएको थियो ।

जेलेन्स्कीले पनि युरोपको सबैभन्दा ठूलो पावर प्लान्ट फेरि सञ्चालनमा आउन दुई वर्ष भन्दा बढी समय लाग्न सक्ने र यो युक्रेनी र युरोपेलीहरूका लागि महत्त्वपूर्ण रहेको स्वीकार गर्नुभएको छ ।

यस्तै उहाँले रुससँगको आंशिक युद्धविराम सम्झौताका लागि प्रक्रिया अघि बढाउन सहमति गर्ने तर  रुसले  युद्धविरामका शर्तहरू उल्लङ्घन गरेमा युक्रेनले बदला लिने चेतावनी दिनुभएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया