प्रधानमन्त्री कप क्रिकेटमा बागमतीले कर्णालीलाई ९ विकेटले हरायो

 चैत ११, २०८१ सोमबार १३:५८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको छ ।

कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले १ विकेट गुमाएर २ सय ६१ बलअघि नै भेटायो । बागमतीका ईशान पाण्डेले २२ रन बनाए । कर्णालीका दीपेन्द्र रावतले १ विकेट लिए ।

यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको कर्णालीले १९ ओभर १ बलमा ५८ रन बनाउँदा सबै विकेट गुमायो । कर्णालीका सुनिल धमलाले सबैभन्दा धेरै १५ रन बनाए । कर्णालीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बागमतीका रिजन ढकालले ५, सूर्य तामाङले ४ विकेट लिए ।

योसँगै बागमती र कर्णालीले समान ८ खेलमा ४ खेल जित्दै ४ वटामा हार बेहोरेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया