प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसलाई, आर्मी ६ विकेटले पराजित
चैत १६, २०८१ शनिबार
सुनसरी– इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार भएको छ ।
उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झन्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
यसैगरी आगो निभाउन विभिन्न पालिकाका १२ दमकल प्रयोग गरिएको छ । १० तले भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभिन्न तलामा सर्वसाधारण फसेको जानकारीलगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।
आगो निभाउने प्रयास भइरहेको प्रहरी नायब महानिरीक्षक अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।