दैनिक २०० लिटर दूध बेच्ने तनहुँका लेखनाथ बाँस्ताेलालाई १ ला...
चैत १२, २०८१ मंगलबार
गर्मीयामसँगै आगलागीको जोखिम बढेको छ । विशेषगरी आगोको संवेदनशीलता बुझ्न नसक्दा यस्तो जोखिम हुन्छ । शहरी क्षेत्रमा विद्युत् सर्ट सर्किट, धूप वा दियो बालेर रातभर छोड्दा पल्टिएर, ग्यास लिक भई विस्फोट हुनुजस्ता कारणले आगलागी हुने गरेको छ । ग्रामीण क्षेत्रमा चुलो बाल्दा, गाईबस्तुलाई कुँढो पकाउँदा बलेको आगो छोडेर हिँड्दा, आगो ताप्दा वा बाहिरी झिल्का परेर पनि आगलागीका घटना हुने गर्छ ।
विशेष गरी तराईका ग्रामीण क्षेत्रमा खर वा फुसको छानो भएका घरहरूमा आगलागीका घटना बढी हुने गर्छन् । चैत, वैशाख र जेठ महिनामा हावाहुरीका कारण आगो तीव्र रूपमा फैलन सक्ने हुँदा ठूलो विनाश निम्त्याउन सक्छ । सुख्खा हावा र वायुमण्डलीय अवस्थाका कारण आगो झन् छिटो फैलिने सम्भावना उच्च हुन्छ ।
पछिल्लो वर्ष नेपालमा घरायसी आगलागीका घटना बढेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालमा भएका कुल सात हजार सात सय छ विपद्जन्य घटनाहरूमध्ये चार हजार दुई सय ६३ (५५ प्रतिशत) अर्थात् आधाभन्दा बढी आगलागीका घटनाहरू थिए । ती घटनाहरूमा एक सय २० जनाले ज्यान गुमाएका छन् भने चार सय ८५ जना घाइते भएका छन् । आगलागीका कारण सात सय ८५ घर आंशिक रूपमा क्षति भए भने एक हजार चार सय ७६ घर पूर्ण रूपमा नष्ट भए । साथै, एक हजार ४२ गोठ जलेर नष्ट हुँदा दुई हजार दुई सय ८० पशुचौपाय मरे । आगलागीका कारण झन्डै दुई अर्ब ६१ करोड ९८ लाख १६ हजार आठ सय १२ रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ ।
चालू आर्थिक वर्षको साउनदेखि चैत ११ गतेसम्म कुल चार हजार चार सय ९९ विपद्जन्य घटनाहरूमध्ये दुई हजार तीन सय ४१ (५२ प्रतिशत भन्दा बढी) आगलागीका घटनाहरू भएका छन् । यस अवधिमा ५० जनाले ज्यान गुमाएका छन् भने तीन सय ५४ जना घाइते भएका छन् । आगलागीका कारण एक सय ९० घर आंशिक रूपमा क्षति भए भने चार सय नौ वटा घर पूर्ण रूपमा नष्ट भए । त्यस्तै तीन सय ७३ गोठमा क्षति पुगेको छ, जसका कारण एक हजार २ सय ५३ पशुचौपाय मरेका छन् । आगलागीबाट झन्डै एक अर्ब सात करोड ५७ लाख ९७ हजार पाँच सय ५३ रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान छ ।
घरायसी आगलागीका मुख्य कारणहरू:
घरायसी आगलागीका विभिन्न कारणहरू छन्, जसमा प्रमुख रूपमा मानवीय लापरवाही र असावधानी प्रमुख कारक हुन् । विद्युत् सर्किट र उपकरणसम्बन्धी समस्याहरू, जस्तै पुराना वा बिग्रिएका विद्युतीय उपकरण, सर्ट सर्किट, तथा ओभरलोडका कारण आगलागी हुन सक्छ ।
ग्यास सिलिन्डरको लिक तथा चुलोको असावधानीपूर्वक प्रयोगले पनि आगलागीको जोखिम बढाउँछ । ग्यास लिक भएको थाहा नपाउनु वा ग्यास चुलो प्रयोग गर्दा लापरवाही गर्नाले आगो लाग्ने सम्भावना उच्च हुन्छ ।
चुरोटको ठुटा ननिभाई फ्याँक्दा वा प्रज्वलनशील वस्तुहरूका नजिक राख्दा आगलागी हुन सक्छ । त्यसैगरी मट्टितेल, रङ, पेट्रोलजस्ता प्रज्वलनशील बस्तुको असावधानीपूर्वक प्रयोगले पनि आगलागीको सम्भावना बढाउँछ ।
भान्सामा खाना पकाउने क्रममा आगो नियन्त्रणमा नहुनु वा कपडामा आगो सल्किनु अर्को जोखिम हो । यस्तै, आगो बाल्दा आवश्यक सुरक्षा उपायहरू नअपनाउनु मानवीय लापरवाहीका कारणमध्ये एक हो ।
घरायसी आगलागीबाट कसरी जोगिने ?
घरायसी आगलागीबाट जोगिनका लागि सावधानी अपनाउनु आवश्यक छ । सबैभन्दा पहिला घरका सबै विद्युत् उपकरण र तारहरूको नियमित जाँच तथा मर्मत गर्नुपर्छ । यसका लागि दक्ष प्राविधिकको सहयोग लिनुपर्छ । पुराना तार तथा उपकरणलाई मर्मत गरी सुरक्षित रूपमा प्रयोग गर्नुपर्छ, साथै ओभरलोड हुन नदिन विशेष ध्यान दिनु आवश्यक छ ।
ग्यास सिलिन्डर र चुलोको प्रयोगमा अत्यधिक सावधानी अपनाउनु पर्छ । ग्यास सिलिन्डरको लिक नियमित रूपमा जाँच गर्नुपर्ने हुन्छ भने चुलो बाल्दा सधैं सावधानी अपनाउनु आवश्यक छ । ग्यास प्रयोग गरेपछि रेगुलेटर अनिवार्य रूपमा बन्द गर्नुपर्छ । हरेक वर्ष ग्यास पाइप फेर्नुका साथै मान्यता प्राप्त रेगुलेटर, ग्यास पाइप, र सिलिन्डरको म्याद जाँच गरेर मात्र खरिद गर्नुपर्छ । साथै, चुलो बाल्दा नजिकै कुनै प्रज्वलनशील वस्तु राख्न हुँदैन ।
सकेसम्म चुरोट नपिउनु नै राम्रो हुन्छ । यदि चुरोट पिउने व्यक्तिहरूले ठुटा निभाएर मात्र सुरक्षित ठाउँमा फ्याँक्नुपर्छ । साथै, घरभित्र वा वरपर बसेर चुरोट पिउनु आगलागीको जोखिम निम्त्याउने भएकाले यस्तो गर्नुहुँदैन ।
मट्टीतेल, पेट्रोल, रङ जस्ता प्रज्वलनशील पदार्थहरूको सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्छ । यी पदार्थहरूको प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउनुका साथै केटाकेटीले नभेट्ने ठाउँमा राख्नु पर्छ । अन्यथा, यस्ता वस्तुहरूको असावधानीपूर्ण प्रयोगले दुर्घटना निम्त्याउन सक्छ । खाना पकाउने क्रममा पनि विशेष ध्यान दिनु आवश्यक छ ।
घरमा आगलागी भएमा के गर्ने ?
(राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा. डिजन भट्टराईसँगको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
भट्टराई राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता हुनुहुन्छ ।