यमनमा पाँच वर्षमुनिका हरेक दुईमध्ये एक बालबालिकामा कुपोषण

 चैत १३, २०८१ बुधबार ८:५८:४५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

यमनमा पाँच वर्षमुनिका हरेक दुईमध्ये एक बालबालिकामा गम्भीर कुपोषण पाइएको छ । यमनमा एक दशकदेखि चलिरहेको द्वन्द्वका कारण पाँच लाखभन्दा धेरै बालबालिका कुपोषणबाट प्रभावित रहेको संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले गरेको अध्ययनले देखाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

यमनमा पाँच लाख ३७ हजारभन्दा धेरै बालबालिकाहरू गम्भीर तीव्र कुपोषणबाट ग्रस्त रहेका र त्यहाँ मानवीय सङ्कट बढ्दै गइरहेको राष्ट्रसङ्घले उल्लेख गरेको छ । यमनका हुथी विद्रोहीले देशको धेरै भाग पकडमा लिएका छन् । उनीहरू सन् २०१५ देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग युद्धमा छन्, जसले ठूलो मानवीय सङ्कट निम्त्याएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया