लामो समय मृत्युदण्डको सजाय भोगिरहेका एक जापानी पुरुषलाई १४ लाख डलर क्षतिपूर्ति

 चैत १२, २०८१ मंगलबार १५:११:३३ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

हत्याको आरोपबाट मुक्त हुनुभन्दा पहिले झन्डै ५० वर्ष मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई २ सय १७ मिलियन येन अर्थात् १४ लाख डलर क्षतिपूर्ति दिइने भएको छ । फौजदारी मुद्दामा यो क्षतिपूर्ति देशकै ठूलो भुक्तानी भएको वकिलहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

८९ वर्षीय इवाओ हाकामातालाई सन् १९६८ मा आफ्नो मालिक, मालिककी श्रीमती र उनीहरूका दुई जना बालबालिकाको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो तर गएको वर्ष मुद्दाको पुनः सुनुवाइमा उहाँ निर्दाेष ठहर हुनुभएको थियो ।

हाकामाताका वकिलहरूले सम्भव भएसम्म उच्चतम क्षतिपूर्तिको माग गरेका थिए । ४७ वर्षको हिरासतका क्रममा उहाँको मानसिक स्वास्थ्यमा असर पारेको वकिलहरूले तर्क गरेका थिए । जापानी सरकारले हाकामाताको आर्थिक क्षतिपूर्ति तिर्ने खबरमा उल्लेख छ ।

हाकामादा जापानको युद्धोपरान्त इतिहासमा मृत्युदण्डबाट पुनरावलोकन गरिएका पाँचौं कैदी हुनुहुन्थ्यो । अघिल्ला सबै चार वटा मामिला पनि निर्दाेष ठहरिएका थिए ।

हाकामादाले ‘बयान (स्वीकारोक्ति) का लागि जबरजस्ती गर्ने अमानवीय अनुसन्धान’ भोग्नुभएको थियो । यसलाई उहाँले पछि फिर्ता लिनुभएको अदालतले बताएको छ ।

यो मुद्दाले जापानको न्याय प्रणालीमाथि प्रश्न उठाएको छ जसमा पुनः मुद्दा चलाउन लाग्ने समय र जबरजस्ती स्वीकारोक्तिको आरोप पनि समावेश छ ।

अन्तिम अपडेट: चैत १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया