पछिल्ला प्रदर्शनहरूले व्यवस्थामाथि नै आक्रमण हुन थाल्याे : संविधानसभा परिषद्

 चैत ११, २०८१ सोमबार १४:५८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – संविधानसभा परिषद् नेपालले संविधानविरुद्ध हुने गतिविधि सह्य नहुने बताएको छ । परिषद्का अध्यक्ष अनन्त पौडेलले विज्ञप्ति निकालेर राजावादीका गतिविधि सह्य नहुने बताउनुभएको हो ।

संविधानका व्यवस्थामाथि प्रश्न उठाउँदै प्रदर्शन भइरहेको भन्दै परिषद्ले आपत्ति जनाएको छ । सार्वभौम नागरिकका नाममा जारी संविधानले नेपालको स्वतन्त्रता, अधिकारलाई आत्मसात् गरेको परिषद्को भनाइ छ । परिषद्ले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, नागरिकको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको सुनिश्चितता गरेको जनाएको छ ।

विज्ञप्तिमा नेपाली नागरिकको सङ्घर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित संविधानलाई सम्वर्द्ध, प्रवर्द्धन र संरक्षणका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी एकजुट हुनु आवश्यक रहेको उल्लेख छ ।

भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली नागरिकलाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरू जिम्मेवार बन्न आवश्यक देखिएको पनि अध्यक्ष पौडेलले बताउनुभएको छ ।

अहिले देखिएका गतिविधिले राजनीतिक अस्थिरता सिर्जना गर्ने, लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने र नेपाली समाजलाई विखण्डन गर्ने षड्यन्त्र मात्र नभई संविधानको मर्म र भावना विपरीत संवैधानिक व्यवस्थामाथि नै हमला गर्ने कार्य रहेको परिषद्को ठहर छ ।

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया