९ बुँदे काठमाण्डाै घोषणापत्र जारी गर्दै प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न

 चैत ११, २०८१ सोमबार १५:२७:२५ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रथम राष्ट्रिय पानी सम्मेलनले जलस्रोतको दिगो उपयोग, संरक्षण, व्यवस्थापन र नियमन गर्ने प्रतिबद्धतासहित नौ बुँदे काठमाण्डाै घोषणापत्र जारी गरेको छ ।

अस्ति र हिजो काठमाण्डौमा चलेको सम्मेलनले जलवायु परिवर्तनका कारणले पारेको प्रभावलाई न्यूनीकरण गर्न प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । घोषणापत्रमा नवीनतम प्रविधिको अवलम्बन एवम् जलवायु उत्थानशील कार्ययोजनामार्फत पानीको समुचित उपयोग तथा संरक्षण गर्दै खानेपानी, सिँचाइ, जलविद्युत् लगायतका जलस्रोतका क्षेत्रमा दिगो संरचना विकास र सेवा प्रवाह गर्ने उल्लेख छ ।

जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा प्रथम राष्ट्रिय पानी सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले तीन तहका सरकारबीचको समन्वय र सहकार्यसहित एकीकृत नदी बेसिन योजना अनुसार जल सुशासन हुने गरी जलस्रोतको दिगो उपयोग, संरक्षण, व्यवस्थापन र नियमन गर्ने प्रतिबद्धता जनाएको छ ।

वातावरणीय सन्तुलन कायम राख्न, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न, तथा जलस्रोतको उचित उपयोग र संरक्षण गर्न एवम् जलस्रोतमा प्रदूषण हुन नदिन प्रतिबद्धता व्यक्त गरेको आयोगका सचिव मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया