भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने सत्ता गठबन्धनबीच सहमति
चैत १३, २०८१ बुधबार
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले आउँदो अप्रिल २८ तारिखमा मध्यावधि चुनाव गर्ने घोषणा गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेलामा प्रधानमन्त्रीको रूपमा शपथ लिएका कार्नीले एक हप्तामै मध्यावधि चुनावको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।
चुनावमा लिबरल पार्टीका कार्नीले कन्जर्भेटिभ पार्टीका नेता पियर पोइलिएभरसँग प्रतिस्पर्धा गर्नुहुने भएको छ । पूर्वबैंकर कार्नी राजनीतिमा नयाँ हुनुहुन्छ । ४५ वर्षका पियर भने अनुभवी नेता हुनुहुन्छ ।
पछिल्लो चुनावी विश्लेषणहरूले दुई पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्दै आएको छ । चुनाव घोषणा भएसँगै क्यानडाको संसद् पनि भङ्ग भएको छ ।
छिमेकी देश तथा सबैभन्दा ठूलो आर्थिक साझेदार अमेरिकाले व्यापार युद्ध शुरू गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१औं अमेरिकी राज्य बनाउने बताइरहेका बेला क्यानडाका मतदाताहरूले देशको नेतृत्व छान्नेछन् । क्यानडाको चुनावमा आवास र आप्रवासनजस्ता घरेलु मुद्दाहरू निकै महत्त्वपूर्ण हुने गर्छन् । सँगै यो पटक देशको भविष्यसँग जोडिएको अस्तित्वकै प्रश्नहरू पनि आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।