अमेरिकी कर वृद्धिकाे सामना गर्न चीन, जापान र दक्षिण कोरिया क्...
चैत १७, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले हराएको छ ।
रुपन्देहीकाे सिद्धार्थ रङ्गशालामा बागमतीले दिएको २ सय ६० रनको लक्ष्य मधेशले ६ विकेट गुमाएर २३ बलअघि भेटायो । मधेशका कप्तान अनिल साहले नटआउट ७० रन बनाए । बागमतीका सूर्य तामाङले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनायो । बागमतीका ईशान पाण्डेले शतक बनाए । प्रतियोगितामा ईशानको यो पहिलो शतक हो । यस्तै उनले प्रधानमन्त्री कप क्रिकेटमा एक हजार रन पूरा गरेका छन् । मधेशका हरिशङ्कर शाह, पवन सर्राफ र अनिल साहले २/२ विकेट लिए ।
योसँगै बागमतीले चौथो र मधेशले सातौं स्थानमा रहेर प्रतियोगिता सकाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।