नेपाल सुपर लिग आजदेखि : उद्घाटन खेलमा ललितपुर र काठमाण्डौले खेल्दै

 चैत १६, २०८१ शनिबार १०:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : नेपाल सुपर लिग

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आजदेखि शुरू हुँदैछ ।

उद्घाटन खेलमा त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा साविक विजेता ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाण्डौ रेजर्सले खेल्दैछन् । खेल बेलुका ६ बजे शुरू हुनेछ ।

नेपाल सुपर लिग नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको हो । प्रतियोगितामा यसपटक ७ टोली काठमाण्डौ र ललितपुरसहित पोखरा, झापा, धनगढी, बुटवल र चितवन सहभागी छन् ।

लिग चरणमा कुल २१ खेल हुनेछन् । लिग चरणपछि ४ टोली प्ले अफमा पुग्नेछन् । फाइनल खेल वैशाख १३ गते हुनेछ ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया