नेपाल सुपर लिगमा आज चितवन र पोखरा खेल्दै
चैत १८, २०८१ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर वृद्धिसम्बन्धी नयाँ घोषणा गर्नुभएको छ । उहाँले अमेरिकामा आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत महसुल लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।
ट्रम्पले नयाँ कर योजना आउँदो अप्रिल २ देखि लागू हुने बताउनुभएको छ । कारको पार्टपुर्जामा लाग्ने शुल्क भने ‘मे’ महिना वा त्यसपछिदेखि मात्र लागू हुने खबरमा उल्लेख छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो कदमले कार उद्योगमा सकारात्मक परिवर्तनसँगै हुने दाबी गर्दै अमेरिकामा रोजगारी र लगानी पनि बढाउने वाचा गर्नुभएको छ । तर ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध शुरू हुने सम्भावना बढाएको छ ।
विज्ञहरुका अनुसार ट्रम्पको यो कदमले अमेरिकामा महत्त्वपूर्ण कार उत्पादनलाई अस्थायी रूपमा रोक्न सक्ने, मूल्य बढ्न सक्ने र सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा तनाव निम्त्याउन सक्ने छ ।
अमेरिकाले गएको वर्ष लगभग ८० लाख कार आयात गरेकामा २ सय ४० बिलियन अमेरिकी डलरको कारोबार गरेको थियो । अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ । यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी परेका छन् ।
ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृङ्खलालाई असर गर्ने खतरा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।