अस्ट्रेलियामा आमचुनावको उत्साह बढ्दो

 चैत १५, २०८१ शुक्रबार १३:०:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आउँदो ‘मे’ ३ तारिखमा सङ्घीय चुनाव हुने घोषणा गर्नुभएको छ ।

जनमत सर्वेक्षणले अस्ट्रेलियाका प्रमुख राजनीतिक दलहरू प्रधानमन्त्री अल्बानीजको लेबर पार्टी र विपक्षी लिबरल पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखाएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री अल्बानीजको लेबर पार्टीसँग अहिले थोरै बहुमत छ । दुवै प्रमुख राजनीतिक दलहरूले स्वतन्त्र सांसदहरू वा अन्य साना दलहरूमा भर पर्नुपर्ने देखिन्छ ।

सन् २०२२ मा भएको चुनावमा साना दल र स्वतन्त्र उम्मेदवारहरूले कीर्तिमानी मत प्राप्त गरेका थिए । चुनावी अभियानमा जीवनयापनको खर्चसँग सम्बन्धित मुद्दाहरू प्रमुख रूपमा उठ्ने सम्भावना छ ।

प्रधानमन्त्री अल्बानीजले महँगिएको जीवनयापन खर्चलाई सम्बोधन गर्ने आश्वासन दिइरहनुभएको छ । उहाँको प्रतिद्वन्द्वीका रूपमा लिबरल पार्टीका पिटर डटन हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया