सुनको भाउमा दिनदिनै कीर्तिमान : आज तोलाको एक लाख ७७ हजार न...
चैत १८, २०८१ सोमबार
म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । म्यानमारमा गएको भूकम्पको धक्का चीन र थाइल्यान्डसम्म महसूस भएको बीबीसीले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको हो । थाइल्यान्डको राजधानी बैंककमा पनि भूकम्पको धक्का महसूस गरिएको र त्यहाँका धेरै भवनहरू खाली गराइएको खबरमा उल्लेख छ ।
भूकम्पको केन्द्रविन्दु बर्मेली शहर सागाइङबाट १६ किलोमिटर उत्तर पश्चिममा मन्डले शहर नजिकै थियो । यो शहर म्यानमारको राजधानी नेपिडबाट झन्डै एक सय किलोमिटर उत्तरमा रहेको क्षेत्र हो ।
भूकम्पका कारण बैंककमा भवनहरू क्षतिग्रस्त भएका छन् र नेपिडमा सडकहरू भत्किएका छन् । यसैबीच थाई सरकारले आपत्कालीन बैठक बोलाउँदैछ । अहिलेसम्म क्षतिको पूर्ण विवरण प्राप्त भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।