सुनको भाउमा दिनदिनै कीर्तिमान : आज तोलाको एक लाख ७७ हजार न...
चैत १८, २०८१ सोमबार
दाङ – भारतमा तीर्थयात्रामा गएका दाङको तुलसीपुरका चार जनाको गाडी दुर्घटना हुँदा ज्यान गएको छ । तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको गाडी हिजो बेलुका भारतको बहराइचमा दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईँ र वडा ७ का जितबहादुर वलीसहित चार जनाको ज्यान गएको खबर प्राप्त भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।
ज्यान गुमाएका तुलसीपुरकै अन्य दुई जनाको परिचय खुल्न बाँकी छ । गाडीमा नौ जना थिए । वडाध्यक्ष जिसीका अनुसार घाइते पाँच जनाको भारतमा नै उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।