महिला एशियन कप छनोटमा नेपालको पहिलो खेल लाओससँग

 चैत १५, २०८१ शुक्रबार १५:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – एएफसी महिला एशियन कप २०२६ को छनोटमा नेपालले समूह चरणको पहिलो खेलमा लाओससँग खेल्ने भएको छ ।

एशियाली फुटबल महासङ्घ (एएफसी) ले सार्वजनिक गरेको छनोटको खेलतालिका अनुसार नेपालले पहिलो खेलमा आउँदो जुन २९ मा लाओससँग खेल्ने भएको हो । यस्तै नेपालले दोस्रो खेलमा जुलाई २ मा श्रीलङ्कासँग र तेस्रो तथा अन्तिम खेलमा जुलाई ५ मा उज्बेकिस्तानसँग खेल्ने तालिका छ ।

नेपाल समूह ‘एफ’ मा परेको छ । यो समूहको खेल उज्बेकिस्तानमा हुनेछ । फिफा वरीयतामा उज्बेकिस्तान नेपालभन्दा निकै अघि छ । फिफा वरीयतामा उज्बेकिस्तान ५०औं, नेपाल ९९औं, लाओस १०७औं र श्रीलंका १५८औं स्थानमा छन् ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेताले आउँदो वर्षको मार्चमा अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।

एशियन कपमा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् । प्रतियोगितामा १२ वटा टोली सहभागी हुनेछ ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया