सुनको भाउमा दिनदिनै कीर्तिमान : आज तोलाको एक लाख ७७ हजार न...
चैत १८, २०८१ सोमबार
काठमाण्डाै – काठमाण्डौमा आज दुई वटा छुट्टाछुट्टै प्रदर्शन भएको छ । राजावादी समूहले तीनकुनेमा र गणतन्त्रवादीले भृकुटीमण्डपमा प्रदर्शनसहित सभा गरेका छन् ।
तीनकुनेमा राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको छ । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । राजावादी समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीलाई प्रहरीले पक्राउसमेत गरेको छ ।
प्रहरीले पानीको फोहोरा, अश्रुग्यास प्रहार र हवाई फायरसमेत गरेपछि प्रदर्शन प्रभावित भएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएका छैनन् । तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिका घरमा ढुङ्गा हानेर सिसा फुटाउँदै आगाे लगाइदिएका छन् ।
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंसँग मिलेर प्रदर्शन गरेको हो ।
त्यस्तै भृकुटीमण्डपमा गणतन्त्रवादीको सभा भइरहेको छ । सभाअघि गणतन्त्रवादीले सुन्धाराबाट र्याली निकालेका थिए । र्यालीमा मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) का नेता/कार्यकर्ता सहभागी थिए । सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ र महिन्द्रराय यादवले सम्बोधन गर्ने भएका छन् ।
आजको प्रदर्शनका कारण नागरिकले सास्ती पाएका छन् । काठमाण्डौमा सुरक्षा व्यवस्था कडा छ । प्रदर्शन र सभा भइरहेका क्षेत्र तीनकुने, बानेश्वर, माइतीघर, भृकुटीमण्डपलगायतका क्षेत्रमा गाडी चल्न सकेका छैनन् । अरू ठाउँमा भने अवस्था सामान्य नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।