प्रतिनिधिसभाकाे बैठक आइतवार बस्ने

 चैत १५, २०८१ शुक्रबार १५:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक पर्सि आइतवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।

यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो सवा १ मा बस्नेगरी संसद् सचिवालयले सूचना टाँस गरेको थियो । त्यस्तै सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग सभामुख देवराज घिमिरेले छलफल पनि गर्नुभएको थियो । तर सहमति जुट्न सकेन ।

प्रतिपक्ष दलहरूले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया