सरकारले शिक्षक महासङ्घलाई फेरि वार्तामा बाेलायाे
चैत २६, २०८१ मंगलबार
काठमाण्डाै – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३ सय ५६ पालिकामा मात्रै प्रथम सेवा विन्दु पुगेको जनाएको छ ।
बोर्डको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४७ दशमलव ७ प्रतिशत पाकिलामा मात्रै बोर्डको आफ्नै प्रथम सेवा विन्दु रहेको जानकारी दिनुभएको हो । अहिलेसम्म पनि ३ सय ९७ पालिकामा प्रथम सेवा विन्दु नपुगेको जानकारी दिँदै उहाँले ती पालिकाका बीमित सेवाग्राहीहरूले नजिकैको अर्को पालिकामा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
कार्यकारी निर्देशक रघुराज काफ्लेले प्रत्येक वर्ष बीमा नवीकरण नगर्ने बीमितहरूको सङ्ख्यासमेत बढ्दै गएको बताउनुभयो । उहाँकाअनुसार आर्थिक वर्ष २०७४/०७५ मा बीमा नवीकरण नगर्ने ५४ प्रतिशत, २०७८/७९ मा ६४ प्रतिशत रहेकामा चालू आर्थिक वर्षको अहिलेसम्मको सङ्ख्या ५४ प्रतिशत रहेको छ ।
सेवाग्राहीहरूले एकचोटि बीमा गरिसकेपछि किन बीमा नवीकरण गर्दैनन् भन्नेबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको कार्यकारी निर्देशक काफ्लेले बताउनुभयो । दोहोरोपनाको कारण बीमितको यथार्थ विवरण प्राप्त गर्नसमेत कठिन भएको उहाँको भनाइ छ ।
स्वास्थ्य बीमा गरेका बीमितहरूले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गए पनि लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्याङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।