नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित भएको छ । चेल्सीसँग २–० ले पराजित भएपछि म्यानचेस्टर सिटीको यो सिजनको अपराजित यात्रा तोडिएको छ ।
अघिल्लो खेलमा कमजोर टोली उल्भरह्याम्टनसँग पराजित भएको चेल्सीले शनिबार राति भएको खेलमा उत्कृष्ट जित निकाल्यो । चेल्सीको यो जितले म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रामा पूर्ण विराम लाग्यो । चेल्सीलाई जित दिलाउनका लागि एंगोलो कान्टे र डेविड लुइजले एक एक गोल गरेका थिए । दुबै गोलका लागि एडिन हाजार्डले एसिस्ट गरेका थिए ।
पहिलो हाफमा म्यान्चेष्टर सिटीले केही राम्रा अवसर पाएको थियो । तर सबै प्रयास चेल्सी गोलकिपर केपा अरिजाबालागा र डिफेन्डरले विफल बनाए । स्ट्याम्फर्ड ब्रिजमा भएको खेलको ४५औं मिनेटमा इडिन हाजार्डको क्रसमा कान्टेले पेनाल्टी स्पट नजिकैबाट गोल गर्दै चेल्सीलाई पहिलो हाफअघि १–० को अग्रता दिलाए ।
दोस्रो हाफमा चेल्सीले म्यान्चेष्टर सिटीलाई दबाबमा राख्न सफल भयो । विलियनको एउटा उत्कृष्ट फ्रिकिक म्यान्चेष्टर सिटीका गोलकिपर इडर्सन मोरेजले बचाएका थिए । त्यसपछि फेरी विलियनको ग्रास बललाई गोलकिपरले विफल बनाइदिए । ७८औं मिनेटमा इडिन हाजार्डले प्रहार गरेको कर्नरमा डेविड लुइजले हेड गर्दै गोलमा परिणत गरेपछि चेल्सीले २–० को अग्रता लियो ।
म्यानचेस्टर सिटीले भने एक गोल पनि फर्काउन सकेन । यो पराजयपछि म्यानचेस्टर सिटी प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा झरेको छ । उसको ४१ अंक छ भने बर्नमाउथलाई हराएको लिभरपुल ४२ अंकसहित पहिलाे स्थानमा छ । चेल्सी ३४ अंक सहित चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।