नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
एभेरेष्ट प्रिमियर लिगमा ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले हराएको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेटको क्षतीमा एक सय ४३ रन बनायो । २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३ रन हुँदा दोस्रो विकेट खेर फाल्यो ।
उसका ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मात्र तीन रनमा पेभेलियन फर्किए । ६१ रनमा तेस्रो विकेट खेर फालेको ललितपुरले एक सय नौ रनमा चौथो विकेटका रुपमा सन्नी पटेललाई १९ रनमा गुमायो । फितलो ब्याटिङ गरेको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल पनि मात्र तीन रनमा आउट भएपछि एक सय १४ रनमा पाँचौ विकेट खेर फाल्यो । अन्तिममा सन्दीप जोराले आक्रामक २५ तथा सोनु तामाङले ३० रन बनाए । बलिङमा जर्ज स्कटले दुई विकेट लिए ।
जवाफमा चितवन २० ओभरमा ८ विकेट गुमाउदा एक सय ३२ रनमा रोकियो । मात्र २ रन हुँदा पहिलो विकेट गुमाएको चितवनले १६ रन बनाउदा तीन विकेट खेर फाल्यो । टिम निकै दबावमा रहेका केला कप्तान पृथु बास्कोटा र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । तर पृथु २६ रनमा आउट भएपछि चितवनले ६० रनमा चौथो विकेट गुमायो । उसका लागि दिपेन्द्र ऐरी ४१ रन बनाए भने जर्ज स्कटले अन्तिममा १७ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।
जसमा सन्दीपले तीन विकेट लिए भने सन्नी पटेलले दुई विकेट चट्काए । यस्तै गौरव तमोर र ललित राजवंशीले एक–एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।