एडीबीमा कार्यरत सुवेदीलाई सरकारले फिर्ता बोलायो, राससको अध्यक्षमा श्यामल, एनटीभीको अध्यक्षमा महेन्द्र बिष्ट नियुक्त

 जेठ ३१, २०७५ बिहीबार २२:१३:५० | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले नेपालको तर्फबाट एसियाली विकास बैकको वैकल्पिक निर्देशक पदमा संघको कार्यालय मनिलामा कार्यरत पूर्व मुख्यसचिव डाक्टर सोमलाल सुवेदीलाई फिर्ता बोलाएको छ । 

बिहीबार साँझ प्रधानमन्त्री सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई फिर्ता बोलाई अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई मनोनयन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी नेपाल सरकार र चीनको चीन अन्तर्राष्ट्रिय विकास सहायता नियोग बीच मानव विकास सहायता सम्बन्धी समझदारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।त्यसैगरी बैठकले नेपाल सरकार र चीनको एक कम्पनीबीच उत्पादन क्षमता विकासका लागि लगानी र सहयोग सम्बन्धी समझदारी गर्ने निर्णय गरेको छ ।

त्यस्तै जापान सरकारबाट प्रोजेक्टर फर हयुमन रिसोर्स डेभलपमेण्ट स्कलरसिप अन्र्तगत प्राप्त हुने २७ करोड ५५ लाख नेपाली रुपैया अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल सरकार उर्जा तथा सिंचाइ जलस्रोत मन्त्रालय र चाईना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनीबीच सम्पन्न हुने मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ  एण्ड को–अपरेशनलाई स्वीकृत गर्ने साथै समझदारी पत्रमा हस्ताक्षर गर्न सम्बन्धित मन्त्रालयले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

नेपालको संघीय प्रदेश तथा स्थानीय तहमा रहेका सार्वजनिक वित्त तथा खरिद व्यवस्थापनमा   संलग्न संस्थाहरुको प्रणाली तथा कार्यविधीलाई सरलीकरण र प्रभावकारी बनाउने उद्देश्य राखी विश्व समूहको अन्तराष्ट्रिय विकास संस्थाको आईटी ए बाट करिब १५ मिलिनिय  अमेरिकन डलर बराबरको सहायता स्वीकार गर्ने र त्यसका लागि सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षमा महेन्द्र बिष्ट  र राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’लाई नियुक्त गरेको छ ।

सरकारले संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावली पास गर्नका लागि संघीय संसदको संयुक्त बैठक असार ३ गते अपरान्ह ४ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया