असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताले नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति नवीनतम् रहेको बताउनुभएका छ ।
नर्वेजियन प्रतिलिपि अधिकार विकास संगठनले आयोजना गरेको १० दिने ‘प्रथम एशियास्तरीय प्रतिलिपि अधिकारसम्बन्धी प्रशिक्षण’ सम्बन्धी कार्यक्रमको विहीबार समापन समारोहमा उहाँहरुले नेपालले विकास गरेको संगीतको रोयल्टी व्यवस्थापनसम्बन्धी अवधारणालाई विश्वकै नौलो र अनुकरणीय रहेको बताउनुभयो ।
कार्यक्रममा फिनल्याण्डकी प्रतिलिपि अधिकार विज्ञ टार्जा कोस्किनेनले एशियास्तरीय कार्यक्रमको शुरुआत नेपालबाटै भएकामा आफू हर्सित भएको बताउनुभयो ।
उहाँको संगीत रोयल्टीको व्यवस्थापनमा नेपालले शुरु गरेको संयुक्त लाइसेन्सिङ प्रणाली एशियाली मुलुकका लागि उदाहरण बनेको बताउनुभयो ।
संस्थाकी प्रबन्ध निर्देशन इङ्गर डिरडालले पछिल्ला वर्षमा नेपालले बौद्धिक सम्पत्ति संरक्षणमा देखाएको अग्रसरताले महत्वपूर्ण रहेको बताउनुभयो ।
विश्व संगीत उत्पादक संस्था एशिया निर्देशक केटी याङले आफ्नो पछिल्लो भ्रमणको तुलनामा नेपाली प्रतिलिपि अधिकार आन्दोलनले निकै उचाइ लिएको धारणा राख्नुभयो ।
उहाँले आगामी दिनमा नेपाली संगीतको प्रवद्र्धन र संगीतकर्मीको उत्थानका लागि आफूहरु सहकार्य गर्ने बताउनुभयो ।
भारतका प्रतिलिपि अधिकार अभियन्ता रजत कक्करले नेपालले संगीत रोयल्टी विषयमा हासिल गरेका उपलब्धिलाई दक्षिण एशियाली मुलुकले अनुशरण गर्नुपर्ने बताउनुभयो ।
“नेपाल र भारतबीच थुप्रै सांस्कृतिक समानता रहेका छन्”, उहाँले भन्नुभयो, “नेपाली संगीतकर्मीको आर्थिक समुन्नतिका लागि मिलेर काम गर्न हामी तयार छौँ ।”
विश्वभरिका लेखकको रोयल्टी संकलन गर्ने संस्था अन्तर्राष्ट्रिय पुनउत्पादक अधिकार महासंघ प्रतिनिधि पियर ओलिभरले चाँडै नै नेपालमा लेखक, पत्रकार तथा फोटोग्राफरको पनि रोयल्टी संकलन संस्था स्थापना गर्नुपर्ने बताउनुभयो ।
उहाँले त्यसो गर्नसके देशको सांस्कृतिक उत्थान तथा सरोकारवालाको पनि आर्थिक समुन्नतिको ग्यारेन्टी हुने बताउनुभयो ।
प्रस्तोता समाज नेपालका कार्यकारी अधिकृत नारायण कडरियाले सरकारी निकाय तथा सरोकारवाला विभिन्न पक्षबाट सकारात्मक सहयोग रहेकाले रोयल्टी व्यवस्थापनका क्षेत्रमा प्रगति बताउनुभयो ।
नेपालसँगै भारत, पाकिस्तान, चीन, भियतनाम, इण्डोनेशिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्डलगायतका देशबाट २० जना प्रतिनिधिको कार्यक्रम सहभागी रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।