बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
सर्लाही – सर्लाहीका हात्ती पीडित नागरिकले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।
एक महिनाको अन्तरालमा जंगली हात्तीले १९ घर भत्काउनुका साथै झण्डै ५ बिगाहा जग्गामा लगाएको अन्न र तरकारी बाली नष्ट गरेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिनुभयो ।
पर्सा वन्यजन्तु आरक्षणबाट आएका जंगली हात्तीले लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको विभिन्न वडामा दुःख दिने गरेको छ । दिउँसो जंगलमा बस्ने हात्तीले रातको समयमा गाउँमा पसेर घर भत्काउनुका साथै अन्नबाली नष्ट पारेको पत्थरकोटका स्थानीय नारायण मगरले गुनासो गर्नुभयो ।
तीन वटाको संख्यामा रहेको जंगली हात्तीले अन्न र तरकारी बाली कुल्चिएर नष्ट पारे पनि अहिलेसम्म आफूहरुले कुनै राहत नपाएको र राति राम्रोसँग सुत्न नपाएको गौरीशंकरका राजु आलेले गुनासो गर्नुभयो । अहिलेसम्म हात्तीबाट पीडित भएका २ जनाले क्षतिपूर्तिको लागि निवेदन दिएको र अन्यको पनि क्षतिपूर्तिको लागिनिवेदन आउने क्रम जारी रहेको डिभिजन प्रमुख देवले जानकारी दिनुभयो ।
जंगली हात्तीले क्षति पुर्याएका घर अन्न बाली तरकारीको क्षतिपूर्ति लिनका लागि स्थानीय निकाय र सामुदायिक वनको सिफारिससहित लालपुर्जाको फोटोकपी पेश गरेपछि स्थलगत अनुगमन गरी पीडितलाई दस हजार रुपैयाँसम्म क्षतिपूर्ति पाउने उहाँले जानकारी दिनुभयो ।
प्रत्येक वर्षको हिउँदको समयमा आरक्षणबाट जंगली हात्तीले आएपछि स्थानीयलाई जंगल गएर घाँस दाउरा गर्नसमेत मुस्किल परेको छ ।
सर्लाहीको जंगलमा हात्तीलाई बस्ने बास र खाने आहार पर्याप्त भएकाले पनि लामो समय सम्म जंगली हात्ती सर्लाहीको जंगलमा बस्ने गरेको छ । धेरै दिनदेखि हात्तीलाई पर्सा वन्यजन्तु आरक्षणतर्फ फर्काउने प्रयास गरे पनि अहिलेसम्म फर्काउन सकिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।