चोरी मुद्धाका फरार अभियुक्त हतियारसहित पक्राउ

 पुष ४, २०७५ बुधबार १२:१६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरहा – चोरी मुद्धामा फरार रहेका सिरहाको सखुवानन्कारकट्टी–१ का एक युवक हतियारसहित पक्राउ परेका छन् । 

चोरी अभियोगमा फरार रहेका स्थानीय २७ वर्षीय रविन्द्र मण्डललाई मंगलबार बेलुका उनकै घरबाटै पेस्तोलसहित पक्राउ गरेको हो । 

चोरी अभियोगमा फारार रहेका मण्डललाई खोज्दै घर पुगेको प्रहरीको टोलीले उनले ओडिरहेको कम्बलमा लुकाई राखेको पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जीवन श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका मण्डललाई हात हतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया