मध्यरातमा ट्याक्सी चालक लुटिए

 पुष ४, २०७५ बुधबार १२:३०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर ‌- ललितपुरमा मंगलबार राति करिब एक बजेतिर दुईजना युवाले ट्याक्सी चालकलाई कुटपिट गरी नगद ६ हजार सहित मोबाइलसमेत लुटेका छन् । 

सिन्धुपाल्चोक घर भई भैंसीपाटी बस्दै आउनुभएका ४२ वर्षीय ट्याक्सी चालक डम्बर  खड्का राति काम सकेर घर फर्किदै हुनुहुन्थ्यो ।  

त्यही क्रममा बिरामीलाई लिएर शंखमुल जानुपर्ने भन्दै दुईजना व्यक्ति ट्याक्सी रोके । बिरामीलाई अस्पताल लैजानुपर्ने भन्दै पुल्चोकबाट ट्याक्सीमा चढेका ती व्यक्तिहरुले बालकुमारीको झोलुङ्गे पुल पुगेपछि पछाडिबाट ड्राइभरलाई तिखो हतियारले प्रहार गरी घाइते बनाएर लुटेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले बताउनुभयो ।

खनालका अनुसार बा १ ज ६१५७ नम्बर ट्याक्सीका चालक डम्बर खड्कालाई आँखामा चोट लागेको र अहिले उपचार भइरहेको छ ।

‘घाइते हुनेबित्तिकै पाटन अस्पताल पुर्याइएको थियाे त्यहाँबाट वीर अस्पतालमा रिफर गरियो अहिले टिचिङ अस्पतालमा उहाँको उपचार भइरहेको छ’, एसपी खनालले बताउनुभयो, ‘अपराधीहरु पत्ता लगाउने प्रयास भइरहेको छ ।’
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया