काठमाडौंमा मोनोरेल चलाउन १ वर्षभित्र डीपीआर तयार हुने

 पुष ४, २०७५ बुधबार १३:०:२८ | उज्यालो सहकर्मी

काठमाडौं – उपत्यकामा मोनोरेल निर्माणको लागि चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । बुधबार काठमाडौं र ललितपुर महानगरपालिका तथा चाइना रेलवे २५औं ब्यूरो ग्रुप कम्पनी लिमिटेड सीआरसीसीबीच मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कम्पनीले १ वर्ष भित्रमा डीपीआरको काम सक्ने  जनाएको छ । 

चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सीआरसीसीले काठमाडौंको चक्रपथमा मोनोरेल बनाउन कम्तीमा १ वर्ष डीपीआरको लागि समय चाहिने र ३ वर्ष निर्माणमा लाग्ने जनाएको छ । यसअघिको प्रारम्भिक अध्ययनले चक्रपथमा मोनोरेल बनाउन एक खर्ब १६ अर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ ।

बुधबार सभागृहमा भएको कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरिबावु महर्जनले मोनोरेल बनाउन महानगपालिकाले मात्रै खर्च पुर्‍याउन नसक्ने भएकाले संघ र केन्द्र सरकारको पनि सहयोग खोजिने बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया