आर्मीलाई हराउँदै फिदिम स्पोर्टिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफ...
पुस ८, २०८१ सोमबार
दाङ – स्थानीय तहको कर्मचारीको आन्दोलनका कारण बुधबार दाङका स्थानीय तहको कामकाज ठप्प भएको छ ।
स्थानिय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिको आह्वानमा पुस १ गतेदेखि भइरहेको आन्दोलनको कार्यक्रम अन्तरगत बुधबार बिहान १० बजेदेखि २ बजेसम्म कार्यालय परिसरमा कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर कामकाज ठप्प पारेका हुन ।
कामकाज ठप्प भएपछि घोराही, तुल्सीपुर उप–महानगरपालिकासहित दाङका १० वटै स्थानीय तहको कामकाज ठप्प भएको थियो । कर्मचारीको आन्दोलनका कारण दिनभर सेवाग्राहीले सास्ती भोग्नु परेको थियो ।
आन्दोलनको कार्यक्रम अन्तरगत भोलि बिहीबारदेखि स्थानीय तहको कामकाज दिनभर ठप्प पारि धर्ना दिने कार्यक्रम रहेको नेपाल नगरपालिका कर्मचारी एशोसियशनका उपाध्यक्ष जंगबहादुर जिसीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।