एनआईसी एसिया बैंकको २१ औँ वार्षिक साधारण सभा सम्पन्न

 पुष ४, २०७५ बुधबार १६:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडको २१ औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।

साधारण सभाले आ. व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनपारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदनसहित २०७५ असारको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडसहितको आ.व. २०७४/७५ को एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १०% का दरले असी करोड एकतीस लाख एघार हजार सात सय रुपैयाँ बोनस शेयर र चार करोड बाइस लाख उनान्सत्तरी हजार सड्तीस रुपैयाँ नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । 

बैंकको वासलातको आकार २११ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब  १६९ अर्ब रुपैयाँ पुगेको र निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १४५ रुपैयाँ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकले जनाएको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । 


 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया