न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमाडौं – प्रहरीले काठमाडौंबाट ७७ जना पाकेटमारलाई पक्राउ गरेको छ ।
काठमाडौंको सवारी साधनहरु सर्च गर्ने क्रममा ७७ जना पाकेटमार पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सादा पोशाकमा खटिएका प्रहरीहरुले विभिन्न सवारी साधनमा ‘सर्च’ गर्ने क्रममा ७७ जना पाकेटमारालाई पक्राउ गरेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिनुभयो । उनीहरुलाई चोरी अन्तरगत कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
उनीहरुको साथबाट बरामद गरिएको ५ लाख ९६ हजार नगद सम्बन्धित पीडितहरुलाई बुझाइएको पनि परिसर प्रमुख लामाले बताउनुभयो । पाकेटमाराहरुको साथबाट ३९ थान मोबाइल, ४ थान आईप्याड, ५ थान ल्यापटप पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका पाकेटमारहरुले विभिन्न कोड प्रयोग गरेर लुट्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुले मोबाइललाई ‘कान’, पैसालाई ‘द, पीडितलाई ‘रामे’, पाकेटमारी गर्नेलाई ‘मास्टर वा कासी’, पैसा धेरै भएको अवस्थालाई ‘टानको द’, पैसा थोरै हुँदा ‘जुटेको द’ जस्ता कोडभाषा प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले गएको मंसिर १५ गतेबाट विभिन्न सवारी साधनमा हुने गरेको पाकेटमारालाई पक्राउ गर्न विशेष अभियान नै सुरु गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सैलेश गौतम काठमाण्डौ
Dec. 19, 2018, 5:51 p.m.अपराधीलाई सबैले चिन्ने गरी प्रचार पनि गर्नु पर्यो होइन भने छुटे पछि पुन: त्यही काममा लाग्छन्