गौंथली इन्टरटेनमेन्टले थाल्यो #MeToo लघुचलचित्र निर्माणको काम

 पुष ४, २०७५ बुधबार १६:५३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  गौंथली इन्टरटेनमेन्टले #MeeToo अभियानलाई प्रभावकारी बनाउन लघु चलिचत्र निर्माणको सुरुवात गरेको छ । अन्तर्राष्ट्रिय क्षेत्रबाट सुरुवात भएको मीटू अभियान नेपालमा पनि प्रभावकारी बन्दै गएको छ ।

तर सामाजिक संरचना र सोचाईमा परिवर्तन नआएका कारण अझै पनि मीटू अभियान प्रभावकारी नभएको भन्दै गौंथली इन्टरटेनमेन्टले हाम्रो पात्रो र काठमाडौं विश्वविद्यालयको स्कुल अफ आट्सको मिडिया संकायसँग मिलेर मीटू लघुचलचित्र श्रृखला निर्माण थालेको जनाएको छ ।

सबैलाई मीटू अभियान बुझाउन र पीडितहरुलाई आफ्नो अवस्था भन्न प्रेरित गर्ने उद्देश्यले लघुचलचित्र निर्माण सुरु गरिएको गौंथली इन्टरटेनमेन्टले जनाएको छ । घर, कार्यालय तथा धार्मिकस्थलमा हुने यौन हिंसाबारे बोल्न चलचित्रले सहयोग गर्ने बताइएको छ । पहिलो चरणमा गौंथली इन्टरटेनमेन्टले तीनवटा लघुचलचित्र बनाउने भएको छ ।

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया