न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
भक्तपुर – महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरका विभिन्न ठाउँमा सुनचाँदीका गरगहना, नगद र टेलिभिजनलगायतका सामग्रीहरु चोरी गर्ने दुई गिरोहका ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
परिसरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा चोरीमा संलग्न दुईवटा गिरोह, बरामद गरिएका गरगहना एवं अन्य सामानहरु, चोरीमा प्रयोग भएका तीन वटा मोटरसाइकल र अन्य औजारहरु सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले चोरीमा संलग्न रहेको नौ जना र करिब ५० लाख बराबरको चोरिएका गरगहना एवं धनमालहरु बरामद गरेको बताउनुभयो ।
प्रहरीले भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको घर लगायत भक्तपुरका बिभिन्न नौ स्थानमा दिउँसोको समयमा चोरी गर्ने गिरोहलाई चोरीएका सामानहरुसहित पक्राउ गरेको उहाँले बताउनुभयो ।
सुनका गरगहना तथा नगद चोरी गरी बिक्री वितरण तथा खरिद गर्ने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रे तिमाल गाउपालिका वडा नं. ३ सरमथली घर भई हाल काठमाडौं अत्तरखेल बस्ने २९ वर्षीय विवेक भन्ने वाङ्देन तामाङलाई पक्राउ गरेको छ ।
त्यसैगरी काभ्रे भुम्लु गाउपालिका वडा नं. ३ घर भएका २२ वर्षीय विकास भन्ने सुमन लामा, मोरङ केराबारी गाउँपालिका वडा नं. २ स्थाई घर भई हाल काठामाडौं चाबहिल बस्ने २३ वर्षीय सन्तोष बि.क, चोरीका गहना गालेर बिक्री गर्ने भारत महाराष्ट्र प्रदेश साङली थाना तासगाँउ ग्राम पानमलेबाडी घर भई हाल काठमाडौं ७ चाबहिल बस्ने २७ वर्षीय सचिन भन्ने बैभव बापुसो भोसलेलाई पक्राउ गरेको छ ।
त्यसै गिरोहका अन्य तीन जना भने फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकाहरुको साथबाट सुनका गरगहना तथा गालेका सुनका टुक्राहरु गरी १६.५ तोला, सुनको सिक्का एक थान, गालेका चाँदीका टुक्राहरु ४२ तोला र नगद नेपाली रुपैयाँ १९ लाख ५८ हजार ७५० र भारतीय रुपैयाँ २५ हजार ५०० बरामद गरेको छ ।
प्रहरीले चोरीमा प्रयोग गरिएकोे तीन वटा मोटरसाइकल, पाँच थान मोबाइल सेट, एक थान फलाम काट्ने मेसिन, चार थान कटर ब्लेड र चोरी कार्यमा प्रयोग हुने दुईथान बिभिन्न औजारहरु, सुन राख्ने बट्टाहरु, नगरपालिकाका उपप्रमुख रजनी जोशीको नामको गहना तथा सहकारीको रसिदहरु, गणेशको मूर्ति, शंख र तन्नाका टुक्राहरु बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले मंगलबार राति जिल्ला मध्यपुरथिमि नगरपालिका–५, मा रहेको हिम इलेक्ट्रोनिक्सको स्टोरबाट चोरी भएका १० लाख मूल्य बराबरका१४ थान सामसुङका टेलिभिजनसहित काठमाडौंको थापागाँउबाट सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका ४ घर भई हाल बानेश्वर थापागाँउ बस्ने ३६ वर्षीय राजु काफ्ले, रामेछाप लिखु तामाकोशी गाउँपालिका १ घर भई हाल कटुञ्जे बस्ने २७ वर्षीय दिनेश पौडेल, दोलखा तामाकोशी ६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने २१ वर्षीय शिव फुयाल र रामेछाप लिखु तामाकोशी २ घर भई हाल काठमाडौं अनामनगर बस्ने २५ वर्षीय नारायण दाहाल रहेका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका ४ बस्ने ४० वर्षीय सुवाष थापा मगर, भक्तपुर नगरपालिका ४ बस्ने २० वर्षीय सुजन जाकिबन्जार, चाँगुनारायण नगरपालिका ५ छालिङ बस्ने २७ वर्षीय निरञ्जन लागेजुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेकामध्ये काफ्ले त्यही कम्पनीका पूर्व प्लम्बर र मगर गार्ड र सहायक स्टोर किपरकोसमेत मिलेमतो रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
प्रहरीले उनीहरुबाट ५५ इञ्चको टिभी ३ थान, ४९ इञ्चको टिभी एक थान, ४३ इञ्चको टिभी ५ थान र ३२ इञ्चको ५ थान बरामद गरेको छ । चोरीका बारेमा थप अनुसन्धान भइरहेको र फरारहरुको खोजी भइरहेको प्रहरीको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।