न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
भक्तपुर – नेपाल सेल्फ डिफेन्स एसोसियशनले राष्ट्रिय खेलकुद परिषदको समन्वयमा महिलाहरुलाई आत्मरक्षा तालिम प्रदान गरेको छ ।
सार्वजनिक सवारी साधन, कार्यालय, सर्वाजनिकस्थललगायतमा महिला हिंसाका घटना बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन भक्तपुरका महिला कर्मचारी, नर्सलगायतलाई आत्मरक्षा अर्थात सेल्फ डिफेन्ससम्बन्धी दुईदिने तालिम बुधबार समापन भएको हो ।
एसोसियशनका प्रशिक्षकहरु पद्मा खयरगोलीले महिलाहरुमाथि हुनसक्ने हिंसा रोक्न र आफ्नो रक्षा आफै गर्नसक्ने बनाउन आत्मरक्षा गर्न सैद्धान्तिक एवं प्रयोगात्मक तालिम प्रदान गरेको बताउनुभयो ।
आत्मविश्वासको कमीका कारणले महिलामाथि हिंसा बढ्दै गएकाले हातहतियार बिना नै हात र खुट्टाको मद्दतमा आफूमाथि हुने हिंसा र आक्रमणको प्रतिकार कसरी गर्ने र आफूलाई कसरी सुरक्षित राख्ने भन्नेबारेमा प्रशिक्षक दिएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठानमा भएको तालिममा एसोसियशनका प्रमुख प्रशिक्षक सञ्जु महर्जन, प्रशिक्षकहरु पद्मा खयरगोली, राधिका ऐर हमाल, रोजिना लोहला र रवीन्द्र श्रेष्ठले तालिममा सहभागी झण्डै ४०० महिलालाई आत्मरक्षा तालिम प्रदान गरिएको छ ।
महिलाहरुमा आत्मविश्वास सिर्जना गरी आत्मरक्षा गर्ने विधि सिकाउन एसोसियशनले देशव्यापी अभियान नै सञ्चालन गरेको बताउँदै खयरगोलीले काठमाडौं, ललितपुर, काभ्रे, बाँके, कैलाली, कञ्चनपुरलगायतका जिल्लाका महिलालाई आत्मरक्षाको तालिम सञ्चालन गरेको र आउँदो माघ १० गतदेखि विभिन्न १२ जिल्लाका महिलालाई आत्मरक्षाको तालिम दिइने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।