न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
इलाम – प्रदेश नम्बर १ का ४ जिल्लाको समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विहिबारबाट इलाममा मेची पर्यटन महोत्सव सुरु भएको छ । जिल्लामा भएका आयोजनामध्येकै सबैभन्दा ठूलो महोत्सव ‘मेची पर्यटन महोत्सव’ मा झापा, इलाम, पाँचथर र ताप्लेजुङको सहभागिता रहनेछ ।
इलाम सदरमुकामको ठूलो टुँडिखेलमा पुष ५ देखि १६ गतेसम्म हुन लागेको महोत्सवमा आ–आफ्ना जिल्लामा उत्पादित सामग्रीको विभिन्न स्टलहरु रहनेछन् । यस्तै चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको प्रदर्शन, दुर्लभ जीवजन्तु र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिनेछ । महोत्सवमा पचास हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिका सचिव देवी पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बाह्र दिनसम्म चल्ने महोत्सवमा एक सय ५० व्यावसायिक स्टल रहनेछन् । जिल्लाका कृषि उत्पादन, हस्तकलाका सामग्री प्रदर्शनीका साथै परम्परागत जातीय संस्कृति झल्कने प्रस्तुती रहनेछ ।
महोत्सवको उद्घाटन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतबाट हुने बताइएको छ । महोत्सवमा भारतीय भूभाग सिक्किम, दार्जिलिङ, कोलकत्तालगायतका क्षेत्रबाटसमेत चर्चित व्यक्तिहरुको सहभागीता रहनेछ ।
महोत्सवमा करिब ५० लाख रुपैँया खर्च हुने जनाइएको छ । महोत्सवको प्रवद्र्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।