नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
काठमाडौं – वैदेशिक रोजगारीका क्रममा ठगीमा परे न्यायका लागि पीडित पुग्ने सरकारी अड्डा हो वैदेशिक रोजगार विभाग । तर न्याय दिलाउने निकायसम्म आएका पीडितमध्ये कहिलेही प्रक्रिया झन्झटिलो भएको र पीडितलाई न्याय दिनुको सट्टा दोषी एजेण्ट र म्यानपावरलाई उन्मुक्ति दिइएको गुनासो पनि आउँछ । यसै सन्दर्भमा मोहन पौडेलले वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजालसँग कुराकानी गर्नुभएको छ ।
मुख्य कुरो चाहिँ जाने व्यक्तिले आफ्नो कामको बारेमा अनि कति खर्च लाग्छ भन्ने कुराको जानकारी पाउँदा नै त्रुटी हुने रहेछ । उसले जानकारी लिँदा आफू नजिक रहेका म्यानपावरका एजेण्ट भन्छन तर खासमा उनीहरु आधिकारिक एजेण्ट हुँदैनन् ।
उनीहरुबाटै जानकारी लिन्छन् । ती व्यक्तिले विभिन्न प्रलोभन देखाएर उनीहरुलाई आकर्षिक गर्न खोज्छन् । उनीहरु मार्फत जाने व्यक्ति म्यानपावरसम्म आइपुग्ने गर्छन् । ती एजेण्टले उनीहरुलाई म्यानपावरमा आफ्ना कुरा राम्रोसँग राख्न पनि दिँदैनन् । त्यही कारण पछि समस्यामा परेर उनीहरु विभागमा आइपुग्छन् ।
एजेण्टहरुले पैसा लिँदा त्यसको कुनै प्रमाण नदिने, दिँदा पनि वास्तविक नदिने जस्तै सरकारले अहिले फ्रि भिसा फ्रि टिकट लागु गरेको छ । तर उनीहरु टिकटका लागि छुट्टै अनि भिसाका लागि छुट्टै पैसा लाग्ने भन्दै उठाउने, पैसा एक डेढ लाख लिए पनि कागज १० हजार रुपैयाँको मात्रै बनाउने गरेका छन् ।
पैसा धेरै लिएका उनीहरुले विदेशमा पनि धेरै नै कमाइ हुने लोभ देखाउँछन् । अनि त्यो बिचमा म्यानपावरलाई ल्याउने गरेको पाइएको छ । उसले धेरै पैसा लिएपनि म्यानपावरलाई चाहिँ त्यसको आधा मात्रै दिएका केस पनि धेरै आएका छन् ।
यहाँ धेरै कमाइ हुन्छ भनेर पैसा लिएपनि वास्तवमा त उसले त्यति धेरै कमाइ हुने ठाउँमा पठाएकै हुँदैन । त्यसैले विदेश पुगेर लेवरको काम गर्नु परेपछि धेरै मान्छे फर्किएर आउँछन अनि विभागमा निवेदन दिन्छन् ।
विदेश जानेको सङ्ख्यालाई हेर्ने हो भने यस्तो समस्या त्यति ठूला होइन । किनभने अहिले झण्डै ४० लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसको तुलनामा हेर्ने हो भने अहिलेसम्म ४ हजार जना जतिले समस्यमा परेको भन्दै निवेदन दिएका छन् ।
त्यसलाई प्रतिशतका आधारमा हेर्ने हो भने त एक प्रतिशत मात्रै हो । तर उनीहरुका समस्या समाधान नगर्ने कुरा हुँदैन । कति त म्यानपावर आफैंले समस्या समाधान गरिदिन्छन् । म्यानपावरबाट समाधान नभएमा मात्रै विभागमा आउँछन् । हामी चाहिँ उनीहरुका कुरा सुनेर कति क्षतिपूर्ति दिलाउनुपर्ने त्यो दिलाउँछौं ।
मुख्य कुरो चाहिँ पैसा दिँदा बुझाएको कागज हो । त्यो चाहे गाउँघरमा गरिने तमसुक होस या मनी ट्रान्सफरबाट पठाएको रसिद वा अरु कुनै कागज । यो भइदियो भने विभागलाई यसकै आधारमा क्षतिपूर्ति दिलाउन सजिलो हुन्छ । तर अहिलेसम्म उजुरी दिन आउने धेरैसँग यस्ता केही प्रमाण हुँदैनन् ।
उनीहरुले सिधै हातमै पैसा दिएका हुन्छन । जसका कारण मुद्दा स्थापित गर्नै गाह्रो हुन्छ । तर पनि हामी सम्बन्धित म्यानपावरलाई बोलाएर मुद्दा परेको कुरा भनेपछि उनीहरुले स्वीकार गरेका छन् । त्यसैले पछिल्लो चरणमा उनीहरुले न्याय पाइरहेका छन् । क्षतिपूर्ति दिलाउँदा पनि उनीहरुले दिएको सबै पैसा फिर्ता दिने होइन ।
हामीले १० देखि १५ प्रतिशत रकम कटाएर दिने गरेका छौं । त्यो कानुनसम्मत त होइन तर पनि हामीले पीडितलाई त्यसरी पनि न्याय दिलाइरहेका छौं ।
होइन यस्तो भन्नुको पछाडि मुद्दा स्थापित गर्न सजिलो होस भन्ने हो । विभागबाट अदालतमा मुद्दा लाने शाखा छ । मनी ट्रान्सफरबाट पठाएको भए त्यसबाट हामीलाई कसले कहिले पठाएको अनि कसले बुझेको भन्ने प्रमाण झिक्न सजिलो हुन्छ । बुझाउने र बुझ्ने व्यक्तिको परिचयपत्र पनि हामीलाई उपलब्ध गराउँछ ।
त्यो हुँदा हामीलाई अदालतमा मुद्दा लान सजिलो हुन्छ । त्यसले गर्दा हामी मुद्दा जित्छौं पनि । क्षतिपूर्ति पनि दिलाउन सकिन्छ । त्यो चाहिँ नितान्त कानुनी पाटो हो । अर्को हाम्रो राहतको पाटो छ । त्यो हाम्रो छुट्टै शाखाले हेर्छ । यो शाखाले पीडितसँग भएका जुनसुकै प्रमाणका आधारमा न्याय दिलाउँछ । फोन, इमेलबाट गुनासो आउँदा पनि सम्बन्धित म्यानपावरसँग छलफल गरेर टुङ्ग्याउँछौं ।
पीडितसँग केही पनि प्रमाण छैन भनेपनि यहाँ (विभाग)मा आएर निवेदन दिने, हामी त्यसकै आधारमा दुवै पक्ष म्यानपावर र पीडित पक्षलाई राखेर छलफल गराउँछौं । छलफलमा बसेपछि म्यानपावरले पनि मैले गल्ती गरेकै होइन भन्ने अवस्था रहँदैन । त्यसमा विभागले खर्चका केही कुरा हेरेर क्षतिपूर्ति दिलाउने काम गर्छ ।
पहिले पहिले त्यस्तो भएको मैले पनि सुनेको हुँ । तर अहिले नयाँ सरकार आएको छ । विभागमा हामी पनि नयाँ आएका छौं । त्यसैले तपाईंले अहिलेसम्म उठाएका कुरा सबै कानुन शाखा मार्फत जाँदा झन्झट पनि थियो । त्यसैले अहिले हामीले प्रशासनिक माहोल बनाएका छौं ।
प्रशासनिक तवरबाटै समस्या समाधान गरिरहेका छौं । यदी कसैले आज फोनबाटै उजुरी दियो भने भोलिसम्म त्यो सम्बन्धित पक्षलाई बोलाएर छलफल मार्फत समस्या समाधान गरिरहेका छौं । त्यसैले अहिले गुनासै गर्नुपर्ने गरी न्याय नपाएको अथवा क्षतिपूर्ति नपाएको अवस्था छैन ।
त्यो चाहिँ विगतको कुरा हो । विगतमा केही समस्या पक्कै थियो । त्यसमा पनि पक्राउ परेका व्यक्तिका विरुद्धमा प्रमाण नपुगेर छुटेको होला । त्यो कानुनी पाटो भयो । त्यसको अर्को पाटो पनि त छ ।
पीडितसँग सम्बन्धित भएको म्यानपावर हुन्छ । उसको धरौटी हुन्छ । उसलाई कारवाही गर्न सक्ने आधारहरु छन् । त्यसैले ती भाइहरुले न्याय नपाएका छन भने फेरि एक पटक निवेदन आओस् । हामी त्यसलाई न्यायिक प्रक्रियामा राखेर न्याय दिलाउँछौं । उनीहरुले न्याय पाउँछन् ।
अरुले पाएको न्याय उनीहरुले नपाउने भन्ने कुरै छैन । अहिले २०/२२ दिन भयो हामीले यो सुधार गरेर काम गर्न थालेको । हामीले यो प्रक्रिया थालेपछि आउनेहरुले न्याय नपाई फर्किनु परेको छैन ।
त्यो विगतको कुरा हो । पछिल्लो समय यस्तो छैन । पछिल्लो दुई हप्ताको काम हेर्नुभयो भने देख्न सक्नुहुन्छ । हामी म्यानपावरलाई त्यस्तो भन्न दिँदैनौं । त्यस्तो भनेका पनि छैनन् र भन्ने पनि छैनन् । म्यानपावरले आफ्ना दलबलसहित आएर पीडितलाई पीडित जसरी व्यवहार गर्न पाउँदैनन् । हामीले भर्खरै सुरु गरेकाले यसको नतिजा आउन चाहिँ केही समय लाग्ला ।
नीतिगत सुधारका काम गरिरहेका छौं । दोस्रो चाहिँ वैदेशिक रोजगारीमा पठाउँदा म्यानपवारले मागपत्र ल्याउँथे । उनीहरुले ल्याउने मागपत्र धेरैजसो सप्लाई कम्पनीको अनि त्यहाँ कामदारलाई तलब र सेवा सुविधा दिनै नसक्ने खालका मागपत्र ल्याउँथे । त्यसकै आधारमा मान्छे पठाउँदा दुःख पाए ।
त्यसैले सरकारले दूतावासले नै प्रमाणित गरेपछि मात्रै कामदार पठाउने निर्णय गरेकाले अब हामीले त्यसै अनुसार काम गर्छौं । यसले कामदारलाई समस्या पर्ने सम्भावना हुँदैन यो नीतिगत सुधार हो । तेस्रो नीतिगत सुधार चाहिँ काठमाडौं केन्द्रित कुरालाई प्रदेशस्तरमै पुर्याउने घोषणा बजेट मार्फत भएको छ । यो व्यवस्था आउँदो साउनबाट लागु हुन्छ । प्रदेशबाटै सेवा दिन थालेपछि काठमाडौं केन्द्रित व्यवस्थाले पर्ने असुविधा कम हुँदै जानेछन् ।
विगतमा यो विषय कानुन शाखाले मात्रै सबै कुरा हेर्ने भनेको थियो । तर अहिले राहत तथा उद्धार शाखाले पनि सँगसँगै काम गरिरहेको छ । राहत तथा उद्धार शाखाले तत्काल कारवाही गर्छ । न्यायका लागि अदालती प्रक्रियामा लानु पर्ने भएमा त्यसलाई न्याय शाखाले अघि बढाउँछ । यो तुरुन्तै न्याय दिनुपर्छ भनेर नै गरिएको हो ।
अर्को चाहिँ हामीले पीडितले आफूले दिएको उजुरीमा के भइरहेको भनेर थाहा पाउन सकुन भनेर एप्स बनाइरहेका छौं । त्यो एप्स चाँडै सार्वजनिक गर्छौं । एप्समा आफ्नो उजुरीको नम्बर हालेपछि त्यसमा के भइरहेको छ भनेर जानकारी पाउँछ । त्यसले पनि सुधार हुने आशमा छौं ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।