न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
नवलपरासी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती –१४ मा विहीबार बिहान बस अनियन्त्रित भई खोलामा खसेको छ ।
काकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बसलाई ना ७ ख ३४४६ नम्बरको बसले ओभरट्याक गर्ने क्रममा ना ४ ख ७०४६ नम्बरको बस खोलामा खसेको हो । बस कावासोती १४ मा पर्ने झिनकी भणरिनिया खोलामा खसेको छ ।
बस खोलामा खस्दा २० जना घाइते भएको अनुमान गरिएको छ । खोलामा खसेको बसमुनी केही यात्रु च्यापिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३४ वर्षीय रमा तामाङ गम्भीर घाइते हुनुभएको छ । उहाँलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ ।
अन्यको कावासोतीका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।