कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता हुने

 पुस ५, २०७५ बिहिबार १२:५३:३६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – कर्णाली प्रदेशकै सर्वाधिक ठूलो राशीसहितको कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता रुकुम पश्चिमम हुने भएको छ । 

कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्‍याउनुका साथै जिल्लालाई क्रिकेटका माध्यमबाट देशैभरी  चिनाउने उद्धेश्यले आउँदो पुस १० गतेदेखि जिल्लाको चौरजहारीमा प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष दिपक बाँठाले बताउनुभयो ।  

प्रतियोगितामा अहिलेसम्म कर्णाली प्रदेशका ७ वटाजिल्लाले सहभागिता जनाउने निश्चित भैसकेको जिल्ला क्रिकेट संघ रुकुमले जनाएको छ । आयोजक रुकुमसहित सल्यान, सुर्खेत, कालिकोट, जुम्ला, जाजरकोट र डोल्पा गरी ७ वटा जिल्लाले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भैसकेको संघका अध्यक्ष बाँठाले बताउनुभयो ।  कर्णाली प्रदेशका अन्य जिल्लालाई पनि प्रतियोगितामा सहभागी बनाउने प्रयास भैरहेको उहाँको भनाई छ ।

प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । यसका साथै प्रत्येक खेलमा म्यान अफ् द म्याच, म्यान अफ् द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटसम्यान, इमर्जिङ प्लेयर र लोकल इमर्जिङ प्लेयरको उपाधि पनि दिइनेछ । 

त्यस्तै प्रतियोगितामा सहभागी सम्पूर्ण टिमलाई खाना, खाजा र  बस्ने व्यवस्था आयोजकले नै गरेको छ । 

प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुहुने आयोजक संघका अध्यक्ष दिपक बाँठाले बताउनुभयो । प्रतियोगिताको सह–आयोजकचौरजहारी नगरपालिका रहेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया