न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमाडौं – सरकारका मन्त्रीहरुले आफूहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै सञ्चार माध्यमको चर्को आलोचना गरेका छन् ।
इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् । उनीहरुले मन्त्रीका लागि दिइने सुविधाअनुसार सरकारको नियमभित्र बसेर मात्रै आफूहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजीमा नआउन समग्र सञ्चारमाध्यमलाई आग्रह गरे ।
धुमबराहीमा बिहीबार बसेको नेकपाको स्थायी समिति बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आफूले विद्युतीय सवारी साधन चलाउने भएकाले इन्धनबापतको सेवा नलिएको दावी गर्नुभयो । उहाँले मन्त्रीका बारे अनर्गल प्रचारबाजीमा नलाग्न सञ्चारजगतलाई आग्रह पनि गर्नुभयो ।
बैठकमा सहभागी मन्त्रीहरुले पनि आफूहरुले इन्धनबापतको दोहोरो सुविधा नलिएको धारणा राखेको भन्दै उहाँले सञ्चार माध्यममा आएको समाचारमा सत्यता नभएको दावी गर्नुभयो । त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले पनि आफूले इन्धनबापतको सुविधा नलिएको दावी गर्दे मन्त्रालयमा आएर बुझ्न चुनौती दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको, स्वकीय सचिवलाई गैरकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गर्ने र उहाँकै नेतृत्वको मन्त्रीमण्डलमा सहभागी मन्त्रीहरुले दोहोरो सुविधा लिएर राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै मन्त्रीहरुको चौतर्फी आलोचना भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।