टिमुरेका पहिरो पीडितलाई राहत रकम

 पुष ५, २०७५ बिहीबार १६:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिकाले टिमुरेका पहिरो पीडितलाई राहत रकम प्रदान गरेको छ । 

गएको साउन ९ गते पहिरोमा परेर मृत्यु भएका तथा घरमा क्षति पुगेका परिवारलाई बिहीबार रकम प्रदान गरिएको हो । जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा गएको पहिराले ९ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । पहिरोले चारवटा घरमा पूर्ण क्षति गरेको थियो । 

पीडितलाई तीन लाख ६० हजार रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो । गाउँपालिकाको विपद् व्यवस्थापन कोष अन्तर्गत एकै घरका दुई जना मृतकका परिवारलाई एक लाख ६० हजार तथा पहिरोले क्षति पुगेका ४ घरका परिवारलाई प्रति परिवार ५० हजार रुपयाँ प्रदान गरिएको उहाँले बताउनुभयो ।  

थेक्पा दोर्जे तामाङ, लाक्पा डिण्डु तामाङ, कार्साङ नगरकोटी र देवबहादुर मगरको घर पूर्ण रूपमा क्षति पुगेको थियो  । जिल्लाको टिमुरेका एकै परिवारका कामी घले र कार्साङ किमु घलेसहित नौ जनाको मृत्यु भएको थियो । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया