‘कर्मचारी समायोजन अध्यादेश २०७५’ ले आत्सम्मानमा ठेस पुग्यो : कर्मचारी संघ

 पुष ५, २०७५ बिहीबार १७:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कर्मचारी संघ संगठनले ‘कर्मचारी समायोजन अध्यादेश २०७५’ ले निजामति कर्मचारीको आत्मसम्मानमा ठेस पुर्‍याएकाे भन्दै विरोध गरेका छन् । 

विभिन्न राजनीतिक  दल समर्थित कर्मचारी संघ संगठनका प्रतिनिधिले बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै कर्मचारी समायोजन अध्यादेश निजामती कर्मचारीको हकहित विपरीत रहेको बताएका हुन् । संघीय संसद छलेर निजामती सेवा ऐनविरुद्ध सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गरेको दावी उनीहरुले गरेका छन् । निजामती कर्मचारीहरुले अध्यादेश संशोधन गरी तत्काल कर्मचारीमैत्री बनाउन पनि सरकारलाई सचेत गराए ।  

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष टोपबहादुर बानियाले सरकार स्वमले नीति नियम उंलघन गर्दै अध्यादेश जारी गरेको भन्दै आक्रोश पोख्नुभयो । उहाँले कर्मचारी समायोजन अध्यादेशले निजामति कर्मचारीको आत्मसम्मानमा ठेस पुर्याएको दावी गर्नुभयो ।

त्यसैगरी  नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले एउटा सेवा समूहबाट अर्को सेवा समूहमा जाँदा लोकसेवा आयोगका केही प्रक्रिया पूरा गर्नुपर्ने प्रावधानको उलंघन गर्दै सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको दावी गर्नुभयो । उहाँले समायोजन ऐनअघि संघीय, प्रदेश र स्थानीय निजामती सेवा ऐन ल्याउन सुझाव दिँदादिँदै सरकारले संसद छलेर हतारमा अध्यादेश ल्याएको दावी गर्नुभयो ।

त्यसैगरी आधिकारिक ट्रेड युनियन महासघका अध्यक्ष पुण्यप्रसाद ढकालले अध्यादेशले स्थानीय र प्रदेश तहका कर्मचारीको सन्दर्भमा वृद्धिविकासको ढोका बन्द गरेको तथा स्वेच्छिक समायोजनामा जाने अवस्था श्रृजना गर्न नसकेको टिप्पणी गर्नुभयो ।

सामान्य प्रशासन मन्त्रालयका सह–सचिव रुपनारायण भट्टराईले विवादरहित ढंगले अध्यादेश कार्यान्वयनमा लैजानका लागि ‘गुनासो समिति’ गठन गरिएको भन्दै गुनासो सम्बोधन गरिने प्रतिवद्धता जनाउनुभयो । कर्मचारी संघ, संगठनहरुले संसद छलेर कर्मचारी समायोजना अध्यादेश नल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए । 

अध्यादेशमा समायोजन गरेको ठाउँमा जानैपर्ने बाध्यात्मक व्यवस्था राखेर कर्मचारीलाई मनोवैज्ञानिक रुपमा तर्साउने काम गरिएको आरोप निजामती कर्मचारीले लगाएका छन् 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया