न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले ब्याजदरको विषयमा सस्तो प्रतिस्पर्धा नगर्न बैंकहरुलाई सचेत गराएको छ ।
ब्याज दिन र लिन तँछाडमछाड गर्न थालेपछि बिहीबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर राष्ट्र बैंकले ब्याजको मामलामा आफूखुसी सस्तो प्रतिस्पर्धा नगर्न निर्देशन दिएको हो ।
‘तपाईँहरुले ब्याजदरको बारेमा भद्र सहमति गर्नुभएको थियो, त्यो तोडेर अहिले किन तँछाडमछाड गर्नुभएको हो, यसरी सस्तो बन्दै जाँदा भोलि के हुन्छ ?’ गभर्नर चिरिञ्जीवी नेपालको भनाई उद्धृत गर्दै राष्ट ्रबैंकका प्रवक्ता नारायण पौडेलले भन्नुभयो, ‘राष्ट्र बैंकले ब्याज बढाउ या घटाउ भन्न त मिल्दैन तर अहिले भैरहेको प्रतिस्पर्धा सुहाउँदो छैन ।’
बैंकहरुले मुद्दती निक्षेपमा नै १३ प्रतिशतसम्म ब्याज दिन थालेपछि बजारमा ब्याजदरको विषय गम्भीर बन्दै गएको थियो । ब्याज आतंक बढेको भन्दै व्यवसायीहरु तर्सिएका थिए ।
ब्याजदर घटाउन बैंकहरु सहमत
राष्ट्र बैंकसँगको छलफललगत्तै बसेको बैंकर्स संघको बैठकले ब्याजदर घटाउने सहमति गरेको छ । बैठकले बचतमा अधिकतम साढे ६ प्रतिशत मात्र ब्याज दिने र न्यूनतम ब्याज अन्तर २ प्रतिशत बिन्दु राख्ने निर्णय गरेको छ ।
निर्णय अनुसार बैंकहरुले व्यक्तिगत निक्षेपमा अब ९ दशमलब २५ प्रतिशत मात्रै ब्याज दिन पाउनेछन् । संस्थागत निक्षेपमा भने साढे आठ प्रतिशतसम्म ब्याज दिन पाइनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।