सन्दीप लामिछानेले गरे खगेन्द्र नवजीवन केन्द्रलाई आर्थिक सहयोग

 पुष ५, २०७५ बिहीबार १९:३१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली राष्ट्रिय क्रिकेट टिमका उदीयमान क्रिकेटर सन्दीप लामिछानेले शारीरिक अपांगता भएका व्यक्तिको संरक्षण गरिरहेको खगेन्द्र नवजीवन केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।

हाल बिग बासका लागि अष्ट्रेलियामा रहेका सन्दीपले जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रलाई ५० हजार ५ रुपैयाँ सहयोग गरेका हुन् । सन्दिपको सट्टा सो केन्द्रलाई प्रतिनिधिका रुपमा होटल व्यवसायी अनिस बानियाँले रकम हस्तान्तरण गरे ।

पछिल्लो पटक अन्तराष्ट्रिय स्तरमा एकपछि अर्को प्रतियोगितामा ब्यस्त बनेका सन्दीपले अपांगलाई गरेको यो सहयोगले उनले सामाजिक कार्यमा पनि अग्रसरता रहेकाे देखाएकाे छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया