न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
धनुषा – विवाहपञ्चमी सम्पन्न भएको एकसाता बित्दासमेत जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघाको अझै सरसफाई हुन सकेको छैन । जसको कारण ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा कुरुप बनेको छ ।
गएको मंसिर २६ गतेसम्मपन्न सीताराम विवाहपञ्चमी महोत्सवमा जन्तीको रुपमा आएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ऐतिहासिक बाह्रविघा मैदानमा नै जनकपुर उपमहानगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको थियो । बाह्रविघा मैदानमै लाखौं श्रद्धालुभक्तजनको घुइँचो लागेको थियो ।
तर एक साता बितिसक्दा पनि बाह्रविघा मैदान सफा गरिएको छैन । प्लास्टिक, कागजको टुक्रा जथाभावी रुपमा फालिँदा र दर्शनार्थीले गरेको दिशापिसाब जस्ता फोहोर अझै सरसफाई नहुँदा कुरुप बनेको छ ।
सीताराम विवाहपञ्चमी महोत्सव र योगीको स्वागतमा जानकी मन्दिर एवं विवाहपञ्चमी महोत्सव मूल समारोह समितिले साढे दुई करोड र प्रदेश २ सरकारले योगीको दिवाभोज र स्वागत सत्कारमा ५५ लाख गरी झण्डै ३ करोडभन्दा बढी खर्च गरेको थियो ।
बह्रविघा मैदान कुरुप भएको कारण त्यहाँ हिडडुल गर्नसमेत सर्वसाधारणलाई समस्या भएको छ । जनकपुरमा कुनै उत्सव अथवा अतिथि आउनुपूर्व प्रदेश २ का मुख्यमन्त्री लालाबाबु राउतदेखि मन्त्री, जनप्रतिनिधिहरु हप्तामा तीन – चार दिन झाडु लगाएर चर्चामा आउने गरेका थिए । तर उत्सव समापन र पाहुनाको बिदाइपछि फोहोर सरसफाइमा ध्यान नदिँदा यसको आलोचना हुँदै आएको छ ।
एकसाता बित्दा पनि बाह्र विघा मैदानको सरसफाई किन भएन ? भन्ने प्रश्नको जवाफमा शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले शुक्रबारदेखि सरसफाई हुने प्रतिक्रिया दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।