दिपक मनाङ्गे थुनामुक्त

 पुष ६, २०७५ शुक्रबार १५:१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – गुण्डा नाइके भनेर चिनिने दिपक मनाङगे थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतले थुना मुक्त गर्न आदेश दिएपछि उनी रिहा भएको प्रहरी स्रोतले जनाएको छ । राजीव गुरुङका नाम भएपनि दीपक मनाङ्गेको रुपमा चिनिँदै आएका उनी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गर्दै आएका थिए ।

मनाङ्गेले आफूविरुद्धको फैसला पुनरावेदनका लागि सर्वोच्च अदालतमा निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले तारेखमा छाड्न डिल्लीबजार कारागारलाई आदेश दिएको हो ।

मनाङ्गेलाई गएको वैशाख ७ गते काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । तत्कालीन पुनरावेदन अदालतले मनाङ्गेलाई पाँच वर्ष कैद सजाय भुक्तानी गर्न आदेश दिएको थियो ।

प्रदेशसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका उनी मनाङको प्रदेशसभा ‘ख’मा विजयी भएका थिए ।  तर उनी पक्राउ परेपछि उनले सपथ लिएका थिएनन् ।

याे पनि पढ्नुहाेस :

धरौटी नबुझाएपछि दीपक मनाङ्गे जेल चलान

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया